ताजा समाचार

यस्तै हो भने प्रतिनिधिसभा विघटन गरे हुन्छ : डा.खड्का

काठमाडौं२०, जेष्ठ । कांग्रेस सांसद डा. नारायण खड्काले प्रतिनिधिसभाका सांसदले विधानमात्रै बनाउने नभएर विकास गर्ने जिम्मेवारी समेत पाएकाले उनीहरुलाई दिदै आएको बजेटमा भएको बहसले निराशा उत्पन्न भएको बताएका छन् ।

बजेटमाथिको छलफलमा बोल्दै सांसद खड्काले जनता र सांसदबीचको सम्बन्ध र विकास उक्त कार्यक्रममा जोडिएकाले उक्त कार्यक्रमलाई निरन्तरता दिनुपर्ने दावी गरे ।

उनले भने, ‘ दि त्यो बजेट नदिने हो र प्रतिनिधिसभाका सांसदलाई विधि बनाउनमात्रै केन्द्रीत गर्ने हो भने, यो सभा नै विघटन गरिदिए हुन्छ । राष्ट्रिय सभामात्रै राखे हुन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org