ताजा समाचार

मन्त्रिपरिषदले गर्यो बिमस्टेक सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने निर्णय

काठमाडौं २०, जेष्ठ । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठक सो संगठनका सदस्य राष्ट्रहरुलाई आगामी भदौ दोश्रो या तेश्रो हप्ता चौथो शिखर सम्मेलन गर्ने प्रस्ताव राख्ने निर्णय गरेको हो । ‘मन्त्रिपरिषद बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ, त्यसको मिति भदौ १४–१५ वा २१–२२ तोकिन सक्छ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भने ।

त्यस्तै बैठकले केही महिना अघि सम्पन्न विद्यार्थी भर्ना अभियानलाई फेरि दोहोर्याउने निर्णय गरेको छ । अघिल्लो भर्ना अभियानमा मुलुकभरबाट ५९ हजार बालबालिका छुटेको जनाउँदै अभियानलाई पुन दोहोर्याउने निर्णय गरिएको सञ्चारमन्त्री बास्कोटाले बताए । मुलुकभर अहिले ३ लाख १३ हजार बालबालिका स्कुल जाने उमेरका रहेका छन् । मुलुकभरमा २ नम्बर प्रदेशमा सबैभन्दा बढी बालबालिका भर्ना अभियानका क्रममा बढी छुटेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org