ताजा समाचार

सुन काण्डमा बयानको श्रृङखला: गोरेलाई चिन्दिनँ, म डा. डेविट पनि होइन

विराटनगर २०, जेष्ठ । गायब भएको साढे ३३ किलो सुन तस्करीका अभियुक्त छिरिङ वाङ्गेल घलेले इन्कारी बयान दिएका छन् ।

आत्समर्पणको श्रृङखला चलेकै अवस्थामा लामो समय फरार रहेका उनले आज मात्रै जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।  लगतै सुरु भएको बयानमा उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका छन् ।

भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपछि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।

घलेले मुख्य अभियुक्य गोरेलाई झन आफुले चिन्दै नचिनेको दाबी गरेका छन् । जबकी गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका छन् ।

छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन् । साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् । तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको बयान छ ।

गोरे समूहका मानिसहरुले भन्ने गरेको डा. डेविट आफू नभएको दाबी गर्दै उनले भनेका छन्, ‘निजले अदालतमा मविरुद्ध बयान गर्नुका कारण आफ्नो समूहका मानिसलाई बचाई मलाई फसाउन हुनुपर्छ । गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ । म छिरिङ वाङ्देल गुरुङ हो म सुन कारोगार नगर्ने हुँदा निर्दोष छु ।’

भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ ।

सम्बन्धित समाचार:

सुन काण्डमा आत्मसमर्पणको श्रृङखला: अर्का अभियुक्त छिरिङले गरे आत्मसमर्पण

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org