बीपी राजमार्गमा ठूला गाडि नगुडाउनु: सर्वोच्च अदालत
काठमाडौं २१, जेष्ठ । सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ ।
सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई ओदश दिएको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले १३ गते यहाँ ठूला गाडी चलाउने निर्णय गरेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले हालै एक सूचना प्रकाशन गरी वीपी राजमार्गमा चक्काका आधार ४ हजार २ सय एमएम भएको र ३२ सिट क्षमताको सबारी साधानलाई बिहान ५ बजेदेखि राती ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो ।
यस्तै, राती ९ बजेदेखि बिहान ५ बजेसम्म प्रति एक्सल भार १० दशमलव २ टन नबढ्ने गरी मालबाहक सवारी साधन सञ्चालन गर्न पाउने उल्लेख गरेको छ । यसअघि सो राजमार्गमा १६ सिट क्षमताका सवारी साधन मात्र सञ्चालन हुने गरेको थियो ।
खासगरी यात्रुवाहक साना सवारी टाटा सुमो र हायस गुड्ने गर्छ भने साना मालबाहक सवारी साधन पनि गुड्ने गरेको थियो ।
सरकारले ठूला सवारी साधन गुडाउन दिने भएपछि सडकमा त्यसको नकारात्मक असर पर्नेबारे बहस शूरु भएको थियो ।
Comments
अरु समाचार
-
कोशी प्रदेशमा आजै नयाँ सरकार, हिक्मत कार्की मुख्यमन्त्री बन्ने
काठमाडौं । कोशी प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आजै प्रदेश प्रमुख...
-
आजको राशिफल: २०८१ वैशाख २७ गते बिहीबार
मेषः अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ।...
-
जन्मदाता आमालाई सम्मान गर्दै ’आमाको मुख हेर्ने पर्व’ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...
-
आजको राशिफल : २०८१ वैशाख २६ गते बुधवार
मेषः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला र महत्त्वाकांक्षा बढाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ...
-
हेटौँडा कला महोत्सव जेठमा
काठमाडौं । कला क्षेत्रको महत्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको...
-
सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह
काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा...
-
चितवनमा बाघ र गैँडा मृत फेला
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा...
-
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ ।यही वैशाख १४...
-
चट्याङ लागेर बालकको मृत्युु, तीनजना घाइते
अछाम । अछामकाे रामारोशन गाउँपालिका–७, मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको छ । सोमबार...