ताजा समाचार

युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड

काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा रियलले बायर्न म्युनिखलाई २-१ ले पराजित गरेको हो ।

यो नतिजासँगै ४-३ ले अघि रहँदै रियलले फाइनलको यात्रा तय गरेको हो । सेमिफाइनलको पहिलो लेग भने २-२ को बराबरीमा सकिएको थियो ।

रियलले अब उपाधिका लागि बोरुसिया डर्टमण्डको सामना गर्नेछ । यही २ जुनमा लण्डनको वेम्बलीमा फाइनल खेल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org