सशस्त्रका डिएसपी नै सखुवाको काठ तस्करीमा
सखुवाको काठ तस्करीमासशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरको बा।१ झ १६६९ नंबरको ट्रकमा राखेर गैह्र कानूनी ढंगले सखुवाको काठ लैजादै गर्दा सोमबार राती पक्राउ परेको छ। धनकुटाको मुलघाटबाट सशस्त्र प्रहरी चेक पोष्टले सोमबार राती सशस्त्रको ट्रक नियन्त्रणमा लिएको थियो। ट्रक जाच्ने क्रममा अवैध रुपमा करिब एक सय क्यूफिट सखुवाको काठ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले बताए। बरामत गरिएको काठको बजार मूल्य करिब सात लाख रुपंैयाभन्दा बढी हुने जनाइएको छ।
सखुवाको काठसहित सवारी साधन नियन्त्रणमा लिएको घटनाबारे सशस्त्र प्रहरी बलको पकलीस्थित बाहिनीलाई जानकारी गराइएको थियो। घटनामा संलग्न भएको आशंकामा अरुण गुल्म संखुवासभाका डीएसपी रामप्रसाद भण्डारीलाई मंगलबार पकलीस्थित वाहिनीमा झिकाइएको स्रोतले जनायो। पकलीस्थित सशस्त्रको वाहिनीबाट डीएसपी डम्बर विष्ट नेतृत्वको टोली छानविनका लागि मंगलबार मुलघाट पुगेको थियो। बुधबार चैनपुरस्थित अरुण गुल्म आइपुगेका टोलीले घटनाबारे छानविन सुरु गरेको बताइएको छ।
गुल्मले भौतिक निर्माण गर्ने जनाउँदै आहाले सिस्ने सल्लेरी सामुदायिक वन चैनपुरबाट फागुनमा काठ लगेको वनका सचिव सीता गौतमले बताए। ३० किबी काठ माग गरेको गुल्मले सय किबी लगेको र अन्यत्र लगेको खबरले अचम्ममा परेको गौतमले बताए।
Comments
अरु समाचार
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
बाबुको हत्या अभियोग छोरा पक्राउ
काठमाडौं । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...