ताजा समाचार

असफल भयो सलमानलाई घरभित्रै मार्ने योजना

बलिउडका चर्चित अभिनेता सलमान खानको हत्या गर्ने ग्याङस्टरको योजना प्रहरीले असफल पारेको छ।विश्नोई ग्याङ्ग (समूह)का
शार्प शूटर संपत नेहराले प्रहरीसँगको बयानमा सलमानलाई उनकै घरको बालकोनीमा मार्ने योजना बनाएको खुलासा गरेका हुन्।

नेहरालाई हरियाणा पुलिसको एसटीएफ टिमले गएको ६ जुनमा हैदराबादबाट पक्राउ गरेको थियो। फरार सूचीमा रहेका उनीमाथि प्रहरीले २ लाखको इनाम समेत राखेको थियो। उनी विश्नोई समूहका ग्याङ्गस्टर हुन्।

प्रहरीसँगको अनुसन्धानमा नेहराले मुम्बई गएर सलमानको निगरानी गरेको देखिएको छ। सलमान आउने–जाने समय र उनको सुरक्षाकर्मीको बारेमा जानकारी लिएका थिए।

नेहराविरुद्ध यसअघि नै हत्या, अपहरण र सुपारी लिएर हत्या गर्दै हिडेकोसहित दुई दर्जनभन्दा बढी मुद्दा चलिरहेका छन्।

यसअघि राजस्थानका ग्याङ्गस्टर लरेन्स विश्नोईले गएको ६ जनवरीमा खुलेयाम सलमानलाई ज्यान मार्ने धम्की दिएका थिए। यो धम्की दिनुको कारण १९९८ मा कालो हरिण शिकार मामिलासँग सम्बन्धित छ। जसमा सलमान अदालतबाट दोषी ठहरिसकेका छन्। हरिणलाई विश्नोई समुदायले पुज्ने गर्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org