सरकारले बन्द गरायो सीके राउतप्रति सहानुभूति राख्ने राष्ट्रसंघ कार्यालय भित्रको ‘अवैधानिक’ अफिस
ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघीय कार्यालयमा सन्चालित ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ (डीपीए)लाई सरकारले बन्द गराएको छ । त्यहाँ कार्यरत कर्मचारीहरुलाई तीन महिनाभित्र फिर्ता हुन पनि सरकारले निर्देशन दिएको छ ।
यो कार्यालयले नेपालको राजनीतिक घटनाक्रमबारे साप्ताहिक रिपोर्ट न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालमा बुझाउने गर्दथ्यो ।
विगत सात वर्षदेखि सन्चालित यो कार्यालयमा हाल जापानी महिला प्रमुखको रुपमा कार्यरत थिइन् भने नेपालका पत्रकारहरु पनि आकर्षक तलबसहित जागिरे थिए ।
नेपालको शान्ति प्रक्रियालाई सघाउन आएको अनमिन सेना समायोजन र हतियार व्यवस्थापनको काम सम्पन्न गरेर फर्किएपछि केही समयका लागि भन्दै डीपीए स्थापना गरिएको थियो । तर, सात वर्षसम्म कार्यालय चलिरह्यो ।
डीपीएमा कार्यरत केही कर्मचारीहरुले ‘अलग तराई’ को वकालत गर्दै आएका सीके राउतप्रति सहानुभूति राखेको, सीके राउतका सहयोगी पश्चिमी दातृ निकायसँग अघोषित सहकार्य गरेको, राजनीतिक गतिविधिमा संलग्न भएको आरोपसमेत लाग्दै आएको थियो ।
त्यसैले मन्त्रिपरिषद बैठकले डीपीएको फिल्ड कार्यालय बन्द गराउने निर्णय गरेको हो । सरकारको निर्णयको जानकारी न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा दिइएको छ भने त्यसको बोधार्थ पुल्चोकस्थित राष्ट्रसंघीय आवासीय कार्यालयमा पठाइएको स्रोतले बतायो ।
Comments
अरु समाचार
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...












