डिएसपी बढुवाविरुद्ध इन्सपेक्टर खड्ग नारायण साहले उजुरी दीए
नेपाल प्रहरीको नायब उपरीक्षक(डिएसपी) पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। इन्सपेक्टर खड्ग नारायण साहले उजुरी दिएका हुन्।
आफु सिनियर भएपनि बढुवामा छुटाइएर अन्याय गरेको भन्दै उनले उजुरी दिएका हुन्। साह २०६२ सालका इन्सपेक्टर हुन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको बढुवा समितिले ८ दिनअघि २०६३ सालमा भर्ना भएका ५५ जना इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको थियो। अघिल्लो ब्याचका केही सिनियर इन्सपेक्टरहरु बढुवामा छुटेका थिए।
५५ जनामध्ये पनि सिनियरलाई पछि पारिएको र नेताहरु निकटलाई बढुवामा अघि राखिएको भन्दै सिफारिसमा विवाद भएको थियो।
एसपी र डिएसपी बढुवामा राम्रा प्रहरी अधिकारीलाई पछि पारिएको तथा नेता निकटलाई पुरस्कृत गरिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आलोचना भइरहेको छ।
उजुरीउपर लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले छानबिन गर्ने छ। जसमा मुख्यसचिव र कानुन मन्त्रालयका सचिव सदस्य हुनेछन्। उजुरी दिने म्याद सकिएको १५ दिनभित्र सो समितिले उजुरीउपर टुंगो लगाउनुपर्ने प्रहरी नियमवाली २०७१ मा उल्लेख छ।
तर, सो समितिले बढुवालाई हेरफेर गर्न नसक्ने प्रावधान पछि थपिएको थियो। उजुरी पुष्टि हुन नसके उजुरीकर्ताको २ नम्बर काटिने प्रावधान पनि प्रहरी नियमावलीमा छ।
करिब ४ वर्षअघिको एआईजी बढुवाको सिफारिसलाई उजुरी सुन्ने समितिले उल्टाएपछि सरकारले समितिको अधिकार कटौती गरेको हो। जसकारण उजुरीको प्रावधान देखावटी मात्र बनेको छ।
Comments
अरु समाचार
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...












