ताजा समाचार

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए।

प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसदीय सुनुवाइको बाटो खुलेको थियो। नियमावली पारितपछि यो पहिलो परिषद बैठक हो।

चैत १ गतेदेखि सर्वोच्चमा प्रधानन्यायाधीश पद रिक्त छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि न्यायालय नेतृत्वविहीन रहेको हो।

न्याय परिषदले चैत १३ गते सर्वोच्चका तीन वरिष्ठतम तीन न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम पठाइएको थियो।

वरिष्ठताका आधारमा उनको नाम सिफारिस भएको हो। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशीले कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org