ताजा समाचार

सलमान खानको फिल्म रेस ३ को लगानी रिलिज अघि नै उठ्यो

सलमान खान अभिनित फिल्म ‘रेस ३’ले रिलिजअघि नै लगानी उठाएको छ । एक टेलिभिजन नेटवर्कले स्याटेलाइट राइट्सवापत फिल्मलार्इ १३० करोड भारू तिरेको छ । यही सम्झौताका कारण फिल्मको लगानी उठेको हो ।

स्याटेलाइट राइट्समा यसले आमिर खानको ‘दंगल’को रेकर्डलार्इ तोडेको छ । ‘दंगल’ले स्याटेलाइट राइट्सबाट ११० करोड भारू उठाएको थियो । निर्माता रमेश तौरानीले ‘रेस ३’जस्तो महँगो बजेटका फिल्मका लागि स्याटेलाइट राइट्सवापत आउने रकमले राहत दिइरहेको बताएका छन् । आगामी शुक्रबार रिलिज हुन लागेको ‘रेस ३’को बजेट १३० करोडभन्दा कम नै रहेको स्रोतको दावी छ ।

रेमो डिसुजाद्वारा निर्देशित फिल्ममा सलमानबाहेक अनिल कपुर, बबि देवल, ज्याक्वेलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम, फ्रेडी दारूवाला लगायतले पनि अभिनय गरेका छन् ।

गत हप्ता रिलिज भएको रजिनीकान्तको फिल्म ‘काला’को स्याटेलाइट राइट्स ७५ करोडमा बिकेको थियो । सलमानकै फिल्म ‘सुल्तान’ले ५५ र शाहरूखको ‘रार्इस’ले ४५ करोड भारू स्याटेलाइट राइट्सबाट हात पारेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org