ताजा समाचार

बाजेको सेकुवामा समितिको छापा, के भयो त त्यहाँ ?

काठमाडौं ३०, जेष्ठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा रहेको बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ ।

समितिले बुधबार  अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी  सिलबन्दी गरेको  समितिका एक अधिकारीले न्युज-नेपाललाई जानकारी दिए । समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै  कारोबार रोक्का गरेको छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा चेन रेस्टुरेन्ट बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी मुछिएसँगै छानबिन समितिले यसअघि बैंक खाता रोक्का राख्न पत्राचार  गरिसकेको थियो ।

भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभएपनि मुख्य नाइके भनिएका चूडामणि  उप्रेती गोरेमार्फत लगानी गरेको बताइँदै आएको छ ।

अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वलर्सको ३ वटा शाखामा छापा मारेको थियो ।

अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो ।

शाक्यको जवलर्सबाट २८ करोड रूपैयाँ बराबरको सुन, चाँदी लगायतको गरगहना बरामद भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org