ताजा समाचार

सत्तापक्षकै सांसदले गरे बजेटको आलोचना

काठमाडौं ३१, जेष्ठ  ।विषयगत मन्त्रालयकोसत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् ।

छलफलका क्रममा नेकपाका सांसद प्रेम आलेले मन्त्रीहरुमाथि जमिनदारी गरेको आरोप समेत लगाएका छन् ।

विषयगत मन्त्रालयको छलफलका क्रममा सांसद आलेले खेलकुदमन्त्रीको आलोचना गरे । आफूले डोटीका लागि सुरुमा सात वटा आयोजना दिएको तर, मन्त्रीले नै भनेर २ मा झारेको सुनाए । तर, बजेटमा एउटा पनि नपरेको गुनासो पोखे ।

खेलकुदमन्त्रीलाई प्रश्न गर्दै भने, ‘डोटीमा योजना नपर्दा अर्थमन्त्रीलाई दोष दिने । आफ्नो जिल्ला कास्कीमा २४/२४ वटा योजना हाल्ने ? लाज लाग्दैन तपाईलाई ?’

आफ्नो टाउकोमा देखाउँदै उनले चेतावनीपूर्ण शैलीमा मन्त्रीलाई भने, ‘यस्तैयस्तै टाउको गनेर तपाईहरु पदमा बस्नु भएको छ, जनताले हामीलाई निर्वाचित गरेको हुनाले तपाईले त्यो पद प्राप्त गर्नु भएको छ । त्यो हेक्का राख्नुस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org