जब भारतीय २५ वर्षीया मुखियाले नेपाली १४ वर्षीया बालिकालाई विवाह गर्न खोजे त्यसपछि…
इटहरी, १ असार । बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् ।
उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले बताएको छ ।
गत जेठ ६ गते देवु मुखियाका छोरा रामकुमार मुखियाले सप्तरी जिल्लाको तिरहुता गाउँपालिका–४ की १४ वर्षीया बालिकासँग आमाबाबुको मञ्जुरी विना बिवाह गरेर भारतको विहारस्थित घरमा पु¥याएको र बालिकाले त्यसलाई इन्कार गर्दै त्यहाँबाट भागेर नेपाल—भारत सीमा नजिक भण्टाबारी आईपुग्दा उनलाई ललाइफकाइ घरतिर लैजाने कोसिस गर्दैगर्दा प्रहरीले ती दुवैलाई फेला पारेको बताइएको छ ।
बालिकाले विवाह भएका केटा रामकुमारसँग जान नमानेको अवस्थामा प्रहरीले फेला पारेर सोधखोज गर्दा बालविवाह गरेको खुलेकाले बालविवाहकर्ता मुखियासहित बालिकालाई समेत नियन्त्रणमा लिएर सोधखोज एवं अनुसन्धान गर्दै उनीहरुका अभिभावकलाई समेत खोजी अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जानकारी दिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकी बालिकालाई भने सुरक्षार्थ सुनसरी जिल्ला सदरमुकाम इनरुवामा रहेको सेफ हाउसमा राखेको पनि थप जानकारी दिँदै दुवैका बाबुआमा समेतको मञ्जु्रीमा विवाह भएकाले उनीहरुका अभिभावकलाई समेत नियन्त्रणमा लिने तयारी भइरहेको बताइएको छ ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...