ताजा समाचार

भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण

वाकोट, ४ असार । तीन वर्षअघिको विनाशकारी भूकम्पले क्षति पुगेको यहाँको सूर्यगढी गाउँपालिका–२ कुवापानीस्थित मंगलादेवी आधारभूत विद्यालय पुनःनिर्माण गरिएको छ ।

‘अन्तर्राष्ट्रिय राहत कार्यक्रम’ मार्फत नौकोठे भवनसहितको संरचना र भौतिक सामग्री समेत जुटाइ विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको भवन निर्माण गर्ने समारिटेन्स पर्सका राष्ट्रिय निर्देशक मेलोडी मोस्कोस्कीले जानकारी दिए ।

उनका अनुसार उक्त संस्थाले रु एक करोड ८५ लाखको लगानीमा भूकम्पलगायतका विपद् प्रतिरोधी भवन, छकोठे शौचालय, छवटा धारासहितको स्वच्छ खानेपानी, सबै कक्षामा पुस्तकालय, फर्निचर, खेल सामग्री र विषयगत शिक्षकलाई तालीमसमेत प्रदान गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले विद्यालयका सबै कक्षामा पूर्णक्षति बनाएकाले अस्थायी टहरामा सञ्चालनमा रहेको विद्यायललाई नयाँ भवनसहित सहायता सामग्री प्राप्त भएकाले शिक्षकरुमा मनोबल वृद्धि हुनाकासाथै विद्यार्थीमा पनि उत्साह बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर लामिछानेले बताए ।

समरिटेन्ट पर्सको ‘अन्तर्राष्ट्रिय राहत कार्यक्रम’ मार्फत यहाँ हाल अन्य पाँच विद्यालयको पुनःनिर्माण र त्यसका लागि आवश्यक सामग्री व्यवस्थापन भइरहेको उक्त संस्थाका जिल्ला कार्यक्रम संयोजक गणेश लामाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org