ताजा समाचार

सप्तकोशीमा जेसिबी बोकेको ट्रक खस्यो, दुईको मृत्यु

सुनसरी ६, असार । कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ ।

कोशी ब्यारेजको २० र २१ नम्बरको ढोका नजिकबाट ना ४ ख ३५६ नम्बरको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो । घटनामा ९ जनालाई उद्दार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक राजन अधिकारीले न्युज-नेपाललाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा विनोद बराइली र घनश्याम चौधरी रहेका छन् ।

तर, २ जनालाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org