अाखिर किन कांग्रेसका दुई वरिष्ठ नेताले सभापतिहरुकाे भेला नै बहिष्कार गरी हिडे
काठमाडौं ,७ असार। नेपाली कांग्रेसको मंगलवार देखि हेटौंडामा शुरु भएको जिल्ला सभापति भेलामा गएका पार्टीका दुई वरिष्ठ नेताहरुले भेला बहिष्कार गर्दै हेटौँडा बाट फर्किएका छन् ।
जिल्ला सभापति भेलामा पार्टीमा भएको कमि कमजोरी र त्यसलाई सुधार गर्नुपर्ने कुरामा जोड दिनुको साटो सभापति देउवाले आफ्ना कमजोरी लुकाउन विरोधीहरुलाई गुपचुप बनाउने रणनिति अपनाएर तह लगाउने काम गरेको भन्दै भेलाको दोश्रो दिन कांग्रेसका दुई नेता प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले भेलामा अाफूहरु नबस्ने भन्दै हेटौंडा छाडेका हुन् ।
कांग्रेसकाे जिल्ला सभापति भेलाको माग भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले माग गरेका थिए । सभापति भेलाको सुझाव ग्रहण गरेर सोहीअनुसार महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजान गरिएको यो भेला अहिले भने निष्कर्ष विहिन भएर टुंगिने भएको छ । जिल्ला सभापतिहरुकाे भेला बिहिबार सकिनेछ ।
भेलामा पार्टीका शीर्ष नेताहरुलाई बोल्न नदिई बन्दसत्र सुरु गर्ने भनिएको र उदघाटन सत्रपछि कलाकारलाई नचाएर भेलालाई रिफ्रेसमेन्टकाे नाम दिएर देउवाले अधिनायकवादी बन्न खोजेको आरोप सभापतिहरुले लागाएका छन् ।
सभापतिहरुको भेलालाई जम्काभेट जस्ताे बनाएर पार्टीका नराम्रा पक्षलाई लुकाएइ भेलालाई निष्कर्ष विहिन बनाउन खाेजेकाे अाराेप समेत पार्टी नेताहरुले लगाएका छन् ।
Comments
अरु समाचार
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...