ताजा समाचार

अाखिर किन कांग्रेसका दुई वरिष्ठ नेताले सभापतिहरुकाे भेला नै बहिष्कार गरी हिडे

 

काठमाडौं ,७ असार। नेपाली कांग्रेसको मंगलवार देखि हेटौंडामा शुरु भएको जिल्ला सभापति भेलामा गएका पार्टीका दुई वरिष्ठ नेताहरुले भेला बहिष्कार गर्दै हेटौँडा बाट फर्किएका छन् ।

जिल्ला सभापति भेलामा पार्टीमा भएको कमि कमजोरी र त्यसलाई सुधार गर्नुपर्ने कुरामा जोड दिनुको साटो सभापति देउवाले आफ्ना कमजोरी लुकाउन विरोधीहरुलाई  गुपचुप बनाउने रणनिति अपनाएर तह लगाउने काम गरेको भन्दै भेलाको दोश्रो दिन कांग्रेसका दुई नेता प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले भेलामा अाफूहरु नबस्ने भन्दै हेटौंडा छाडेका हुन् ।

कांग्रेसकाे  जिल्ला सभापति भेलाको माग भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले माग गरेका थिए । सभापति भेलाको सुझाव ग्रहण गरेर सोहीअनुसार महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजान गरिएको यो भेला अहिले भने निष्कर्ष विहिन भएर टुंगिने भएको छ । जिल्ला सभापतिहरुकाे भेला बिहिबार सकिनेछ ।

भेलामा पार्टीका शीर्ष नेताहरुलाई बोल्न नदिई बन्दसत्र सुरु गर्ने भनिएको र उदघाटन सत्रपछि कलाकारलाई नचाएर भेलालाई रिफ्रेसमेन्टकाे नाम दिएर देउवाले अधिनायकवादी बन्न खोजेको आरोप सभापतिहरुले लागाएका छन् ।

सभापतिहरुको भेलालाई जम्काभेट जस्ताे बनाएर पार्टीका नराम्रा पक्षलाई लुकाएइ भेलालाई निष्कर्ष विहिन बनाउन खाेजेकाे अाराेप समेत पार्टी नेताहरुले लगाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org