आप्रवासी नीति परिवर्तनमा ट्रम्पले गरे हस्ताक्षर, अब परिवारसँगै बस्न पाउने
बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहँदै आएका अवैध आप्रवासीलाई आफ्ना सन्तानबाट अगल नगर्ने आदेशमा हस्ताक्षर गरेका छन्। साथै उनले आप्रवासी परिवारलाई एकैसाथ बस्ने दिने पनि वचन दिएका छन्।
उक्त आदेशमा भनिएको छ, ‘अब अवैध आप्रवासी परिवारलाई एकैसाथ हिरासतमा लिइने छ।’ यद्यपी आमा बुवा हिरासतमा भए बच्चामाथि गलत प्रभाव पर्ने भन्दै उनीहरुलाई भने अलत राखिएको बीसीसीले जनाएको छ।
तर आदेशमा त्यस्ता बच्चालाई आमा बुवाबाट कतिसमय अगल राख्ने भन्ने विषयमा भने केही पनि खुलाइएको छैन। र, ट्रम्पको यो आदेश कहिलेदेखि लागू हुने भन्ने विषयमा पनि केही खुलाइएको छैन। ट्रम्पले आमा बुवाबाट अलत भएका बच्चाको तस्वीर देखेर आफ्नो मन परिवर्तन भएको र त्यही कारण उनीहरुलाई परिवारबाट अलग नगर्ने नीति लिएको बताएका छन्।
उनले आफूलाई पनि परिवारबाट अलग भएको देख्नु राम्रो नलाग्नेब ताएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमती मेलानिया ट्रम्प र छोरी इवाँका ट्रम्प पनि परिवारसँगै बस्ने कुराको समर्थक रहेको बताए।
यसअघि डोनाल्ड ट्रम्पले विपक्षी डेमेक्र्याटिक पार्टीका सदस्यमाथि आफ्नो काममा बाधा उत्पन्न गरेको आरोप लगाएका थिए। उनले आप्रवासीकालागि बनाइएको आफ्नो ‘जीरो टलरेन्स पोलेसी’ को बचाउ पनि गरेका थिए। ट्रम्पले भनेका थिए, ‘युरोपेली देशले लाखौं आप्रवासीलाई शरण दिएर ठूलो गल्ती गरेका छन्।’
विवादित कानुनका अनुसार अमेरिकाको सीमामा अवैध तरिकाबाट प्रवेश गर्नेहरुमाथि आपराधिक मामिला दर्ता गरेर उनीहरुलाई जेलमा पठाइन्थ्यो। यस्ता आप्रवासीलाई उनीहरुका बच्चासँग भेट्न नदिइ अगल राखिन्थ्यो।
यस्ता बच्चाको रेखदेख अमेरिकाको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेज’ ले गर्छ। यसअघि विना कागजात पहिलो पटक अमेरिकी सीमामा प्रवेश गर्ने आप्रवासीलाई अदालतमा बोलाइन्थ्यो। ट्रम्प प्रशासनले अदालतमा उपस्थित हुन आदेश दिए पनि आव्रवासी अदालतमा कहिल्यै उपस्थित नभएकाले सिधै आपराधिक मामिला दर्ता गर्नु पर्ने निमय लागू गर्न परेको जनाएको थियो।
नयाँ कानुनका अनुसार पनि अवैध रुपबाट अमेरिकी सीमा भित्र प्रवेश गर्नेलाई हिरासतमा लिएर जेल पठाउने प्रावधान छ। तर, उनीहरुलाई परिवारबाट अगल भने गरिने छैन। उनीहरुलाई एकैसाथ राखिने छ।
ट्रम्प प्रशासनको आप्रवासी कानुनमाथि विवाद त्यतिबेला बढ्यो जतिबेला जंगीरले बन्द ढोकाभित्र आप्रवासीका बच्चाहरुको तस्तीव संचारमाध्यममा सार्वजनिक भयो। तस्वीर सार्वजनिक भएपछि ती बच्चालाई राख्न बनाएका केन्द्रको तुलना नाजी यातना शिविरसँग गर्न थालियो।
अमेरिकी सरकारको तथ्यांक अनुसार ५ मेदेखि ९ जुनकोबीचमा २ हजार ३४२ आप्रवासी बच्चा आफ्ना आमा बुवाबाट अगल भइसकेका छन्। मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारा कासोले बच्चालाई उनीहरुको परिवारबाट अलग गर्नुलाई ‘क्रुर र अमानवीय’ भनेकी थिइन्।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...