ताजा समाचार

सचिव सरुवा भएसँगै प्रदेश २ सरकारले दियाे केन्द्र सरकारलाई चेतावनी

काठमाडौैं, ८ आसार। केन्द्र सरकारले समन्वय नै नगरी सचिव सरुवा गरेको भन्दै प्रदेश २ को सरकार मुख्यमन्त्री लालबाबु राउतले केन्द्रलाई पत्र लेखेर आइन्दा यस्तो नगर्न चेतावनी दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारका सचिवहरुलाई केन्द्रमा तानेकाे हाे ।

बजेट आएपछि आन्तरिक मामिला सचिवलाई प्रदेश २ कै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको र सरकारले प्रहरी ऐनको विधेयक पास गरेलगतै सचिवको सरुवा गरेको भन्दै आन्तरिक मामिलामन्त्रीले असन्तुष्टि जनाए ।

केन्द्र सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरी छिटोछिटो सचिव सरुवा गर्दा काम गर्न अप्ठ्यारो भएको छ ।सचिवको सरुवा भएसँगै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आउदा दिनहरुमा पनि प्रदेश सरकारसँग कुनै छलफलनै नगरी यस्तो कदम चालिए नराम्रो हुने चेतावनी पत्र नै लेखेर पठाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org