ताजा समाचार

कांग्रेस जिल्ला सभापतिको भेलाले १९ बुँदे घोषणापत्र जारी गर्दै भन्यो, कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख

हेटौ‌ंडा ८, असार ।  १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सकिएको छ ।

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा हेटौंडा घोषणापत्र पेस भएको छ। काभ्रे जिल्लाका सभापति मधु आचार्यले घोषणापत्र पेस गरेका हुन्। घोषणापत्र सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ।

१९ बुँदे घोषणापत्र भेलामा पेस भएको हो।

तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । साथै सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।

संविधान संशोधनमा सरकारले अलमल गरेको भन्दै सरकारको विरोध घोषणापत्रमा गरिएको छ।

कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको भन्दै घोषणापत्रमा भनिएको छ, वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ ।’

जिल्ला सभापतिहरुको भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org