ताजा समाचार

 प्रधानमन्त्री अाज ल्हासामा : यस्ता छन् कार्यक्रम

 

काठमाडौं,९ असार । ६ दिने औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली तिब्बत पुगेका छन् । प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बतको ल्हासा पुगेका हुन् ।

अाज शनिबार प्रधानमन्त्री ओलीकाे तिब्बत कार्यक्रम यस्ता रहेका छन् :

प्रधानमन्त्री ओलीले अाज विहान तिब्बतकाे प्रसिद्ध मन्दिर पोतला दरबार र त्यसपछि ओली तिब्बतियनको पवित्र मन्दिर जोखाङ जानेछन् ।

जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्तीमा उल्लेख छ । तिब्बतियन भाषामा जोखाङ शब्दको अर्थ बुद्धको घर हुन्छ ।

प्रधानमन्त्री ओली छुसुई एग्रिकल्चर परियोजना (चीनकै एक नमुना कृषि परियोजना) को अवलोकन गर्न जाने कार्यक्रम छ । यहाँको अति उच्च भेगमा विभिन्न तरकारी तथा फलफूल कसरी उत्पादन गर्न सकिन्छ भन्नेबारे परीक्षण भइरहेको छ । ६ दिने औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री ओली अाइतबार स्वदेश फर्किने कार्यक्रम रहेकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org