ताजा समाचार

चीन भ्रमण सकाएर जम्बो टोलीसहित प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाडौं,१० असार। ६ दिने औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोलीसहित आज स्वदेश फर्कंदै छन् ।

असार ५ गते १२० जनाको टोलीसहित प्रधानमन्त्री ओली चीनको ६ दिने भ्रमणमा गएका थिए । प्रधानमन्त्री ओलीले आज (आइतबार) बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् ।

६ दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले ८ वटा विभिन्न विधामा चीनसँग सहकार्य गर्न प्रतिनिधि र चिनियाँ प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर समेत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org