ताजा समाचार

संसदीय समितिको सभापति माग गरेकाे कांग्रेसले किन समिति सदस्यहरुको नाम दिएन ?

काठमाडौं,१० असार। राष्ट्रियसभाका चार समिति र संघीय संसदको दुई संयुक्त समितिमा रहेका सदस्यहरुकाे छनोट गर्न अध्यक्ष गणेश तिमल्सिनाले परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकमा नेपाली कांग्रेसले संघीय संसदमा गठन हुने समितिहरुको सभापतिमा अाफूहरु हुनुपर्ने माग गरेकाे छ ।

संघीय संसदमा गठन हुने समितिहरुको सभापतिमा अाफूहरु हुनुपर्ने माग गरेपनि कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले समिति सदस्यहरुको नाम भने दिएनन् ।संसदीय समितिहरुमा कति जना सदस्य रहने र कुन समितिको नेतृत्व कसले गर्ने भन्ने विषय प्याकेजमै टुंगो लागेपछि मात्र नाम दिने कांग्रेसले बताएको छ ।

कांग्रेसले सदस्यहरुको नाम नदिँदा समिति गठन हुन नसकेको नेकपाका सांसद खिमलाल भट्टाराईले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org