ताजा समाचार

भारतीय नागरिकसँग नेपाली लाइसेन्स

काठमाडाैं,११ असार । नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेकाे छ।

नेपालमा हुने मोटरसाइकल चोरीको घटनामा संलग्न भएको अाशँकामा भारतको पश्चिम बंगालका ३१ वर्षीय आदित्य दियालीमाथि प्रहरीले अनुसन्धान गर्दा उनकाे साथबाट नक्कली लाइसेन्स फेला पारेकाे हाे ।

उनको साथबाट ०२२२४७६ नेपाली र डब्लूबी १९२४४ बी ५०९ नम्बरको भारतबाट जारी भएको लाइसेन्स बरामद भएको छ । दियालीमाथि सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत, झापाबाट म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसन्धान अधिकारीले जानकारी दिएका छन् । यसअघि प्रहरीले दियालीलाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org