असार २८ गते एक जोडी गैँडा चीन पठाइने, कसरी लगिदै छ त गैँडालाई चीन ?
चितवन, १४ असार । नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो ।
राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार जुलाई १२ अर्थात् असार २८ गते गैँडा पठाउने तयारी गरिएको छ । गैँडा पठाउनका लागि खोर निर्माण भइसकेको छ । खोरको बाहिरी भागमा फलाम र भित्री भागमा काठको फल्याक राखिएको छ ।
चिनियाँ टोलीले काठलाई सिजनिङ गर्नुपर्ने जनाएपछि त्यसको तयारी गरिएको छ । गैँडा लैजानका लागि तीन मिटर लम्बाइ, एक दशमलब नौ मिटर उचाइ र एक दशमलब ४५ मिटर चौडाइका चारवटा खोर बनाइएका छन् । नट कसिएको हुँदा खोर भत्काएर काठलाई सिजनिङ गर्न सकिनेछ ।
चीनको साइटिस म्यानेजमेन्ट अथोरेटीका सहायक निर्देशक लिउ टिवाङ्को नेतृत्वको टोली यहाँ आइपुगेको हो । टोलीले सौराहामा पिट बुमामा राखिएको गैँडाको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिँदैछ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार टोलीले लैजाने तयारीमा राखिएको गैँडाको सम्पूर्ण अवस्थाका बारेमा जानकारी लिए सँगै निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको छ । चीन लैजान बुमामा राखिएका गैँडालाई कसरी प्रभावकारी ढङ्गबाट लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल गरिँदैछ ।
ती गैँडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गते भएको चीन भ्रमणको बेला पठाउने तयारी गरिएको भए पनि चिनियाँ टोलीको तयारीको अभावमा पठाउन सकिएको थिएन । अर्काे एक जोडीको नामाकरण गरिएको छैन । नामाकरण गरिएका गैँडालाई असार २८ गते र अर्काे एक जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाउने तयारी गरिएको हो ।
दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिनुभएको थियो । सोही अनुरुप अहिले गैँडा पठाउन लागिएको हो ।
Comments
अरु समाचार
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...