खोटाङको अल्छेढुंगामा वाइफाइ पार्क निर्माण, वर्षाका कारण अधिकांश ग्रामीण सडक अवरुद्ध
खोटाङ, २० असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु भएको छ ।
नगरपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त वाइफाइ पार्क निर्माण शुरु गरिएको हो । पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले बताए ।
नगरपालिकाले नेपाल टेलिकमको सेवा प्रभावकारी बनाउन पहल गर्ने, विभिन्न ठाउँमा टावर निर्माण गर्नेलगायत योजना बनाएको छ । खार्मीको बाँझोबारी, जालपा र बुवालुङको खावाडाँडामा टेलिफोन टावर राख्ने योजना छ । सञ्चारमाध्यममा सबैको पहुँच पु¥याउने नीतिगत निर्णय गरिएको छ । नगरक्षेत्रभित्रका सबै विद्यालयमा इहाजिरी, बजारमा सिसिटिभी तथा प्रत्येक वडामा सफ्टवेर प्रविधिबाट कार्यसम्पादन भइरहेको छ ।
वर्षाका कारण सडक अवरुद्ध
लगातारको वर्षाका कारण जिल्लामा सञ्चालित अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । हिउँदमा मात्र सञ्चालन हुँदै आएका कतिपय सडक भलबाढीले खाल्डाखुल्डी पार्नुका साथै सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएका छन् ।
हाल चारवटा सडकमात्र सञ्चालनमा रहेको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम तथा दिक्तेल–बुइपा र दिक्तेल–जालपा फेदीसम्मको सडक सञ्चालनमा छ । सवारीसाधन नचल्दा यात्रुले सास्ती खेप्नु परेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललाई केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकासँग जोड्ने दिक्तेल–ऐँसेलुखर्क सडक हप्ता दिनदेखि ठप्प छ । केपिलासगढी र एँेसेलुखर्क गाउँपालिका जाने सडकको अहिले दिक्तेलबाट जालपा फेदीसम्म मात्र पुग्न सकिन्छ । दिक्तेलबाट फोक्सिङटार जाने सडकमा अहिले बुइपासम्म मात्र पुग्न सकिन्छ ।
मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक अवरुद्ध छ । सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुंगा, बराहपोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने सडकमा सवारी चल्न सकेका छैनन् । जन्तेढुंगा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक एक महिनादेखि ठप्प छ ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...
-
झापामा डेङ्गीको सङ्क्रमणबाट दुईजनाको मृत्यु
काठमाडौं । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...