ताजा समाचार

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो पन्छाउने काम हुदै, एकतर्फी सडक खुल्यो

चितवन २०, असार । नारायणगढ-मुग्लिन सडकखण्डमा गएको पहिरोका कारण अबरद्व सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

कालिखोलाको पहिरो पन्छाएपछि बुधबार दिउँसो साढे १२ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालन भएको हो ।

तोपेखोलामा खसेको पहिरो भने पन्छाउने काम जारी रहेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । सडक एकतर्फी रुपमा सञ्चालन भएपछि रातिदेखि रोकिएका नाइट बसलाई प्राथमिकता दिएर पास गराइएको खनालले बताए ।

सुरुमा टोपेखोला र कालीखोलाको बीचमा फसेका सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ । दुईतर्फी बाटो ४ बजेपछि मात्रै खुल्ने सम्भावना रहेको आयोजनाले जनाएको छ ।

सम्बन्धित समाचार:

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो पन्छाउन दिनभर लाग्ने

नारायणगढ-मुग्लिन सडकखण्डमा ५० मिटर लामो पहिरो, पानी परिरहेकोले खुल्न समय लाग्ने

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org