उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था, जथाभावी पार्किङ गरे कारवाही
काठमाडौँ, २० असार । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ ।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो ।
महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन काठमाडौँ, भक्तपुर र ललितपुरमा अस्थायीरुपमा सवारी पार्किङको व्यवस्था मिलाइएको बताए । “बस स्टपमा बोर्ड राख्ने, फराकिलो बाटोमा पार्किङ गर्ने, साँघुरो बाटोका सवारी हटाउनेलगायतका कामलाई प्राथमिकता दिएका छौँ”, उनले भने ।
महाशाखाले भोटाहिटी, जमल, पुरानो बसपार्क, सुन्धारा गोश्वारा हुलाक गेट, खिचापोखरी, धर्मपथ, शंकरदेव गेट, ठमेल सञ्चयकोष गेट, दरबारमार्ग पाठशाला, कृष्णपाउरोटी पश्चिम, एयरपोर्ट अगाडि, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित पानी ट्याङ्की अगाडि, कोटेश्वर ट्राफिक अगाडि, विभिन्न अस्पताल अगाडि, लोकन्थली, कौशलटार, सातदोबाटो, एकान्तकुनालगायतका ६० स्थानमा ३९७ ट्याक्सी पार्किङ गर्न मिल्नेगरी स्थान छुट्याएको छ ।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम उपत्यकामा ट्याक्सी पार्किङका लागि विसं २०६९ मा नै अध्ययन गरिसकिएको र सोहीअनुसार अहिले महाशाखा र महानगरपालिकाको सक्रियतामा स्थान छुट्याएर राम्रो कामको थालनी भएको बताउछन् ।
“शुरुमा ट्याक्सी पार्किङका लागि स्थान छुट्याए पनि बाटो विस्तारका कारण हटेको थियो अहिले पुनः स्थान छुट्याएर राम्रो काम भएको छ”, उनी भन्नछन् ।
यातायात व्यवस्था विभागले दिएको तथ्यांकअनुसार हाल काठमाडौँ उपत्यकामा झण्डै ११ हजार ट्याक्सी रहेका छन् । यस्तै महाशाखा र महानगरपालिकाले मोटरसाइकल तथा कार पार्किङका लागि पनि अल्पकालीन स्थान छुट्याएको छ ।
दरबारमार्ग, रानीपोखरी आयुक्त कार्यालय अगाडि, प्रज्ञाभवन पश्चिमपट्टी, चारखाल परिसर पश्चिम, शंकरदेव क्याम्पस अगाडि, बागबजार पद्ममकन्या क्याम्पस छेउ, २९ वडा कार्यालय अगाडि, खिचापोखरी, धर्मपथ, प्युखा चोक, धरहरा बाटो दक्षिण, कलंकी मालपोत अगाडि, किटा मन्दिर परिसरलगायत ८३ स्थानमा मोटरसाइकल तथा कार पार्किङको अल्पकालीन व्यवस्था गरेको छ ।
काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य महानगरपालिका, ट्राफिक प्रहरी महाशाखा, सडक र यातायातका प्रतिनिधि बसेर तत्कालका लागि अल्पकालीनरुपमा पार्किङ व्यवस्थापन गरिएको बताउछन् ।
“तत्कालका लागि तोकिएको स्थानमा पार्किङको व्यवस्था मिलाए पनि दीर्घकालीन रुपका लागि नगरसभामार्फत बनेका कानूनको आधारमा अगाडि बढ्छौँ”, उनी भन्नछन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारी साधन पार्किङका लागि राज्यले छुट्टै क्षेत्र बनाउनुपर्ने बताउछन् । पूर्वाधारको विकास भए मात्र सवारी साधन आवतजावतमा सहजता हुने उनको भनाइ छ ।
हाल उपत्यकामा मात्र २९८ स्थानमा बसभित्र यात्रु चढाउन तथा ओराल्न मिल्ने व्यवस्था गरिएको छ । तोकिएको स्थानभन्दा अन्य स्थानमा यात्रु चढाउने तथा ओराल्ने गरेमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।
यस्तै गरी महाशाखाले महानगरपालिकासँग मिलेर उपत्यकामा भएका यात्रु प्रतिक्षालयको समेत अध्ययन गरेको छ । महाशाखाका अनुसार हाल उपत्यकाका ३६ स्थानमा प्रतिक्षालय रहेका छन् । महाशाखाले गरेको अध्ययनअनुसार उपत्यकामा १०३ स्थानमा यात्रु प्रतिक्षालय आवश्यक रहेको छ ।
महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकाको ट्राफिक व्यवस्थापन राम्रो बनाउनका लागि महाशाखाले पार्किङ स्थल, प्रतिक्षालय, वैकल्पिक बाटोलगायतको अध्ययन गरिरहेको बताउछन् । केही दिन अगाडिमात्र महाशाखाले पर्यटकीय बस पार्किङ क्षेत्रलाई कान्तिपथलाई सोह्रखुट्टे सारेको थियो ।
हाल नेपालभर २७ लाखभन्दा बढी ठूला तथा साना सवारी साधन रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै ११ लाख सवारी साधन आवतजावत गर्छन् । ठूला सवारी साधनलाई भने तोकिएको स्थानमा मात्र बस पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...