ताजा समाचार

सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत

काठमाडौँ, २२ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीनजनाको नाम घोषणा गरेका छन् ।

आजको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने जानकारी गराएरपछि बैठकले उनिहरुको नाम स्वीकृत गरेको थियो ।

पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ । उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org