ताजा समाचार

अनुभूति: मनकामना मातासंगको दर्शनभेटमा के कस्तो भयो ?

काठमाडाैं २३, असार । केहिदिन देखि नेपालमा परेको अविरल वर्षाका कारण तराइ डुबानमा परेको थियो भने पहाडमा पहिरोमा ।

लगातारको वर्षाले केहिले ज्यान गुमाउनु पर्यो भने कोहि घरवारविहिन बन्न पुगे । यि यस्तै घटनाक्रमले पत्र पत्रिका देखि अनलाइन पोर्टलका पेजहरु भरिएका थिए । फलानो ठाउँमा बाढिले वस्ती डुबानमा, फलानो ठाउँमा बाढिले यति मान्छे, पशु चाैपाया बगायो, फलानो ठाँउमा पहिरो जाँदा यतिजनाको मृत्यु !

यी सस्तै कुराले प्राथमिकता पाइरहेका बेला एउटा पोजना बनेको थियो, मनकामना दर्शनमा निस्कने ।

असार २० गते मनकामना माताको दर्शनका लागि मनकामना जाने निधो भएको थियो । सोहि दिन भने नारायाणगढ-मुग्लिन सडकखण्डको टोपे खोला र  कालीखोलामा झण्डै ८५ मिटर लामो पहिरो गएको थियो । मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ । बिहानको करिव ५:३० तिर पहिरो गएको अनुमान प्रहरीको थियो । उक्त दिन पनि रिमझिम वर्षा भइरहेकै थियो ।

तर, मनाकामना दर्शनमा जानु पर्ने नै थियो । बाढी पहिरोको समाचारले आत्तिएको मनमा झन तेल-घ्यु थपेको थियो ८५ मिटर लामो पहिरोले !

जसोतसो दिउसोको १/२ बजेसम्म बाटो एकतर्फी खुलेको भन्ने पुष्ट समाचार आउन थाले देखि भने मनमा केहि हदसम्म भएपनि आशा पलाएको थियो । हुनत मनकामना पहिरो गएको ठाउँ भन्दा यतै पर्छ तर पनि ट्राफिक जाम अनि मनको डरले भने कताकता कुतकुत्याइरहेको थियो ।

अन्तत: मनकामना जाने पक्का नै भयो र लागियो मनाकामना दर्शनका लागि साझँको झण्डै ४:५० तिर काठमाडाैंको नयाँ बसपार्क हुदै मनकामना तर्फ । यात्रा हुने भयो माइक्रोबसमा !

नयाँ बसपार्क देखि मनकामनासम्मको भाडा भने ३५० देखि बार्गेनिङ गर्दा रहेछन् । माइक्रो व्यवसायीहरु ! यस्तैमा तीन सय भाडा दिने गरि ८ जनाको समुह लाग्यो मनकामना दर्शनका लागि मनकामना तिर ।

थानकोट चेक पोस्टसम्म पुगुन्जेल सम्म ठिकठाक चलेको माइक्रोबसले गति समात्न सकेको थिएन तर जव नागढुङ्गा काटेर आोरालो लाग्यो त्यो देखि भने माइक्रोबसले सातो लिने गरि गति समात्यो । झण्डै ९ बजे तिर मनकामना पुगेको हाम्रो समुहका लागि डर थियो होटेलको व्यवस्था छैन की भन्ने । दर्शनार्थीको भिडले होटेल भरिभराउ पो छन् की यी यस्तै कुराले पिरोलेको हामिलाई त्यस्तो कुनै समस्या भएन । बरु होटेलवालाहरु मेरोमा आउनुस् भन्नेको भिडले एकछिन त अलमलमा पार्यो ।

अन्तत: बस्ने भइयो थकाली भान्सा घरमा । थकालीका साहु मनाङबाट होटेल व्यवसाय गर्न त्यहा आएका रे । उनीहरु आँबुखैरेनीमा १० वर्ष होटेल व्यवसाय गरेर २०५५ सालमा केबुल कार बन्ने भएपछि त्यहा सरेका रे ! होटेल साहुसँगको कुराकानी धेरैबेर भएन हामि थाकेका थियाैं खाना खाइसकेपछि सुत्न कोठा तिर लागि हाल्याैं ।

बिहान ७ बजे मनकामना दर्शनका लागि ढोका खुल्दो रहेछ हामी त्यहि पर्खाइमा थियाै र ढोका खुल्यो र ८ बजेतिर केबुलकार चढेर मनकामना दर्शनका लागि लाग्याैं त्यसतर्फ । बिहानको समय  निराहार मन्दिर दर्शनका लागि निस्केका हामिलाई जतिसक्यो छिटो मन्दिर पुग्ने रहर थियो नै ।

केबुलकारबाट आोर्लेपछि सुरु हुन्छ मनकामनाको राैनक । मनकामना पुग्नुअघि बजारमा जुन दृष्य थियो त्यो साँच्चिकै रमाइलो थियो यसकारण की त्यहाँका व्यापारीहरुको तानाखिचि देखेर ।

मुख्य मन्दिर निर्माण हुँदै ( विनाशकारी महाभुकम्पका बेला भत्किएको मन्दिर पुननिर्माणको क्रममा)

व्यापारीहरु कराउदै भन्दै थिए आउनुस् एक सय मै फोटो तयार हुन्छ मनकामना को चिनो स्वरुप फोटो खिचाउनुस् फर्किदा तयार हुन्छ.., दाइ दिदि खाना खान चाँहि हाम्रोमा आउनुस् है । कोहिले भन्दै थिए हाम्रोमा सुद्व शाकाहारी बन्छ कोहिले भन्दै थिए मार्सी चामलको भात र मासुका विभिन्न परिकार छ । र, सस्तो पनि !

यी यस्तै कुराहरु छिचोल्दै मनकामना माताको मन्दिर पुगियो । मन्दिर दर्शनका लागि गएका हामि उत्साहित थियाैं । मन्दिरमा पुगेर दर्शन गर्याैं । तर, मन्दिर भने भुकम्पले भत्काएर फेरि बन्दै थियो । मनकामना मातालाई सानो ठाउँ बनाएर स्थापना गरिएको रहेछ । जहाँ पण्डितहरु श्रद्वालु भक्तजनहरुलाई पुजापाठ गराउदा रहेछन् । उनीहरु गोत्र, नाम सोध्दै भक्तजनले लगेको पुजा सामाग्री पुजा गरेर टिका लगाउदै पठाउदै गर्नमा अभ्यस्त थिए ।

मानिसहरु कसैले परेवा छोडिरहेका थिए त कसैले भाले, बोका बलि चढाइरहेका थिए । यता म भने जिर्णेदार मन्दिर कहिले बन्ला भनेर सोचिरहेको थिए । यस्तैमा एक जना होटेल व्यवसायीसंग कुराकानी गर्ने माैका मिल्यो र मैले सोधे के छ मनकामनाको स्थिति ? व्यापार कस्तो छ ? यी युस्तै कुराहरु । उनले मिश्रित जवाफ दिए भुकम्प पश्चात मानिसको आवतजावतमा केहि कमि आएको छ अहिले फेरि अफ सिजन पनि हो दशै पछि मान्छेको भिडले यहाँ खुट्टा टेक्ने ठाँउ नै पाइदैन । व्यापार त चलेकै छ । यहाको भाडा मात्रै सुन्दा पनि सातो जान्छ भनेपछि आंकलन गर्नुस् न । मैले होटेल संचालनको लागि भनेर तीन फ्लाट भडामा लिएको छु जसमा माथिको दुई फ्लाटमा १२ कोठा छन् यसको भाडा वार्षिक ८ लाख छ ।

अन्त्यमा मनकामना माताको दर्शनका लागि जाने मानिसका लागि सहज सेवा दिने व्यवस्था गरि दिए मात्रपनि आन्तरिक तथआ बाह्य पर्यटकको आकर्षणलाई थप टेवा पुग्थ्यो नै । र अर्को कुरा सरकारले त्यहाँ नियमित बजार अनुगमन र मन्दिरको पुननिर्माण छिटो गरिदियो भने मात्रै पनि केहि राहत हुन्थ्यो की ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org