ताजा समाचार

सरकारलाई सर्वोच्चको झड्का, सार्वजनिक स्थानमा प्रदर्शनमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं २२ असारा । सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा लागु नगर्न अन्तरिम आदेश दिएको छ ।

यस विषयमा छलफलका लागि सरकार र रिट दायरकर्ता दुबै पक्षलाई असार २९ गते बोलाएइएको छ ।

स्थानीय प्रशासनले विरोध प्रदर्शन गर्ने ठाउँ तोक्दै माइतीघर मण्डला लगायतका ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको हनन् भएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

काठमाडौंको शान्ति बाटिका र माइतीघर मण्डलामा आगामी साउन १ गतेदेखि सरकारले भेला हुन् र विरोध प्रदर्शन गर्न समेत रोक लगाएको थियो ।

बिहिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले माईतिघर र शान्तिबाटिका लगायत उपत्यकामा यसअघि नारा–जुलुस हुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org