ताजा समाचार

के हो ‘प्रकोपाइन’ प्रविधि, बाढी नियन्त्रणमा प्रभावकारी बन्दै ‘प्रकोपाइन’ प्रविधि

विराटनगर, २३ असार । मोरङ जिल्ला भएर बग्ने विभिन्न नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ ।

जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाइने यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको छ । बाँस, बाँसको कर्च, र घाँस, पराल, भुुसको प्रयोग गरेर अस्थायी रुपमा प्रकोपाइन प्रविधि अपनाई तटबन्ध निर्माण गर्दा बाढी आउँदा जमीन कटान रोकिएको छ ।

उपभोक्ताको सहयोगमा निर्माण गरिएको यो प्रविधिमार्फत तटबन्ध निर्माण पश्चात् गाउँघरका उब्जनी हुने खेताबारी संरक्षण भई किसान सकुम्वासी हुनबाट जोगिएका छन् ।

मोरङको बक्राहा , चिसांङ, लोहन्द्रा, केशलिया तथा सिंगिया खोलामा पकोपाइन प्रविधिसंँगै तारजाली गरेर तटबन्धको कामलाई समेत तीव्रता दिएको छ । पूर्वी मोरङको बक्राहा खोलामा तारजालीसहित प्रकोपाइन विधि अपनाएपछि कटान रोकिएको डिभिजन कार्यालय प्रमुुख डा देवनारायण साहाले बताए ।

रंगेली, सुुनवर्सी, रतुुवामाई नगरपालिका तथा लेटाङ गाउँपालिकाका विभिन्न खोलामा यो विधि अपनाएर तटबन्ध निर्माण गरिएको छ । बक्राहा खोलामा यो प्रविधि अपनाएर चार किलोमिटर भन्दा बढी क्षेत्रमा तटबन्ध निर्माण पश्चात खोलामा बाढी आउँदासमेत पानीको बहाव नियन्त्रण हुँुदा जोखिम कम भएको डा साहको भनाइ छ ।

यो प्रविधि अपनाएपछि यस पटकको बाढी आउँदा कटान रोकिएको सुुनवर्सी नगरपालिकाका राकेश मण्डलले बताए । दीर्घकालीन तटबन्धनका लागि पर्याप्त बजेट नभएपछि स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट सस्तो र सहज हुुने यो विधि यस क्षेत्रमा प्रभावकारी बनेको हो ।
थोरै बजेटले सबैतिर तटबन्ध निर्माण समस्या उत्पन्न भएकाले कटान रोक्न र जोखिम हुुन नदिन स्थानीय सामग्रीको प्रयोग गरी उपभोक्ताको सहयोगमा यो विधि अपनाएर तटबन्ध गरिएको कार्यालय प्रमुुख डा साहको भनाइ छ ।

बाँस, बाँसको कर्ची र घाँस, पराल, भुसको प्रयोगबाट बाँसलाई दुुम्सिको काँडाको आकारमा बनाई कटान हुुने ठाउँमा तटबन्ध निर्माण गरिने गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org