नेपाल तुइनमुक्त हुन्छ, झोलुङ्गे पुल बन्न नसक्ने ठाँउमा केबुलकार: प्रधानमन्त्री
काठमाडाैं २५, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा छलफलमा रहेको विनियोजन विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिदै मुलुकलाई तुइनमुक्त बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले विगतको आफ्नो प्रधानमन्त्रीकालमा तुइन निर्माण गर्न भन्दै ३० करोड रकम बिनियोजन गरेको स्मरण गर्दै भने अहिले मैले नै तुइन निर्माणमा निषेधको निती लिएको छु ।
तुइनको ठाँउमा झोलुङ्गे पुल निर्माण प्राथमिकतामा परेको भन्दै उनले अव कुनै नेपाली तुइनबाट खसेर, झुण्डेर मर्न नपर्ने ठोकुवा गरे ।
तुइन युगको समाप्त गर्ने भन्दै उनले झोलुङ्गे पुल निर्माण गर्ने हुदै नभए केबुलकार निर्माण गर्ने जनाए । उनले व्यंग्य गर्दै भने, ‘तुइनको फोटो खिचेर मलाई उडाउने काम समेत भयो तर मैले नै भनेको हुँ तुइनको फोटो खिचेर राख्नु पछिल्लो पिढिलाई इतिहासका रुपमा देखाउन पर्छ ।’ यसैमा थप्दै उनले भने, मैले नै भनेको थिए पोहोर साल प्रधानमन्त्री हुँदा बाँकी रहेका तुइनका फोटा खिचिएका हुन सक्छन या पोहोर परारका फोटा हुन सक्छन ।’ तर अब त्यो एउटा इतिहास बन्ने छ ।
प्राविधिक कारण नेपालका कतिपय ठाउँमा झोलुङ्गे पुल बन्नै नसक्ने भएपनी तुइन विस्थापन गरेरै छोड्ने बाँचाका साथ हुदै नहुने ठाँउमा केबुलकार निर्माण गरेरै भएपनि प्रतिबद्वता पुरा गरिने उनले जनाए ।
उनले सवै सांसदलाई खुसी हुन आग्रह समेत गरे । खुसी हुने कारण भने भ्रष्टाचार विरोधि प्रधानमन्त्री, सुशासनको पक्षपाती, लोकतन्त्रका लागि लडेको प्रधानमन्त्री लगायतका सकारात्मक कुराले भरिपूर्ण प्रधानमन्त्री हुनु नै भएको उल्लेख गरे ।
Comments
अरु समाचार
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...