ताजा समाचार

नेपाल तुइनमुक्त हुन्छ, झोलुङ्गे पुल बन्न नसक्ने ठाँउमा केबुलकार: प्रधानमन्त्री

काठमाडाैं २५, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा छलफलमा रहेको विनियोजन विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिदै मुलुकलाई तुइनमुक्त बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विगतको आफ्नो प्रधानमन्त्रीकालमा तुइन निर्माण गर्न भन्दै ३० करोड रकम बिनियोजन गरेको स्मरण गर्दै भने अहिले मैले नै तुइन निर्माणमा निषेधको निती लिएको छु ।

तुइनको ठाँउमा झोलुङ्गे पुल निर्माण प्राथमिकतामा परेको भन्दै उनले अव कुनै नेपाली तुइनबाट खसेर, झुण्डेर मर्न नपर्ने ठोकुवा गरे ।

तुइन युगको समाप्त गर्ने भन्दै उनले झोलुङ्गे पुल निर्माण गर्ने हुदै नभए केबुलकार निर्माण गर्ने जनाए । उनले व्यंग्य गर्दै भने, ‘तुइनको फोटो खिचेर मलाई उडाउने काम समेत भयो तर मैले नै भनेको हुँ तुइनको फोटो खिचेर राख्नु पछिल्लो पिढिलाई इतिहासका रुपमा देखाउन पर्छ ।’   यसैमा थप्दै उनले भने, मैले नै भनेको थिए पोहोर साल प्रधानमन्त्री हुँदा  बाँकी रहेका तुइनका फोटा खिचिएका हुन सक्छन या पोहोर परारका फोटा हुन सक्छन ।’ तर अब त्यो एउटा इतिहास बन्ने छ ।

प्राविधिक कारण नेपालका कतिपय ठाउँमा झोलुङ्गे पुल बन्नै नसक्ने भएपनी तुइन विस्थापन गरेरै छोड्ने बाँचाका साथ हुदै नहुने ठाँउमा केबुलकार निर्माण गरेरै भएपनि प्रतिबद्वता पुरा गरिने उनले जनाए ।

उनले सवै सांसदलाई खुसी हुन आग्रह समेत गरे । खुसी हुने कारण भने भ्रष्टाचार विरोधि प्रधानमन्त्री, सुशासनको पक्षपाती, लोकतन्त्रका लागि लडेको प्रधानमन्त्री लगायतका सकारात्मक कुराले भरिपूर्ण प्रधानमन्त्री हुनु नै भएको उल्लेख गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org