ताजा समाचार

नेकपाको नियमावली पारित, अव छिट्टै जनवर्गिय संगठन एकता प्रक्रियामा जाने

काठमाडौं २७, असार । नियमावली पारित गर्न भन्दै बसेको नेकपाको बैठकले बालुवाटारमा नियमावली पारित गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । उनले नियमावली पारित भएसँगै पार्टी सञ्चालनका लागि सहज हुने विश्वास समेत व्यक्त गरे।

बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ ।’

अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले जानकारी पनि दिए ।

पार्टी एकता भएपनि विभिन्न जनवर्गिय संगठनको एकता प्रक्रिया भने नियमावली नभएका कारण हुन सकेको थिएन । बैठकबाट निसक्दै गर्दा नेकपाका एक नेताले भने, अव छिट्टै जनवर्गिय संगठनको एकता गरेर पार्टीलाई देशभर परिचालन गरिने छ ।

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो ।

एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।

नियमावलीको अभावमा एकीकृत पार्टी र भातृसंगठनका केही काम रोकिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org