स्थानीय तहका कारण रित्तिँदै सदरमुकाम
इटहरी २७,असार। राज्य पुनसंरचनासँगै नयाँ संविधान अनुसार थुपै्र सरकारी कार्यालय स्थानीय तहमा समाहित बन्दै जाँदा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा सुनसान बन्दै गइरहेको छन् ।
पछिल्ला संरचनाअनुसार जिल्लाको सदरमुकाम इनरुवाबाट एक दर्जन कार्यालय स्थानीय तहमा समाहित भएका छन् । जिल्ला विकास समितिको कार्य क्षेत्र समेत खुम्चिएर जिल्ला समन्वय समिति बनेर अनुगमन गर्न स्थानीय तहमा मात्र गर्ने तहमा झरेको तथा अन्य जनसम्पर्क बढी हुने सरकारी कार्यालयसमेत स्थानीय तहमा गाभिन पुग्दा सदरमुकाम इनरुवाको जनजीवन र व्यापारिक कारोवारसमेत विस्तारै कम हुँदै गएको छ ।
सदरमुकाम इनरुवामा रहेको नापी, कृषि, वन, तथ्यांक, जिल्ला जनस्वास्थ्य, पशु सेवा, सहकारी प्रशिक्षण तथा डिभिजन, जिल्ला प्राविधिक कार्यालय, महिला तथा बालबालिका, शिक्षा, भूमिसुधार जस्ता कार्यालयहरु स्वतः स्थानीय तहमा गाभिन पुगेपछि सदरमुकाम इनरुवामा मानिस आवागमनको चहलपहल नै सुनसान बन्न थालेको देखिएका छन् ।
दर्जन बढी सरकारी कार्यालयका कर्मचारी र ती कार्यालयमा जिल्लाभरिबाट काम विशेषले सदरमुकाम धाउने जिल्लावासी नागरिकको आवागमन घटेकाले सदरमुकाम इनरुवामा जनजीवन चलायमान नहुँदा व्यापारिक गतिविधिमा समेत प्रतिकूल असर परिरहेको व्यापारीको भनाइ रहेको छ ।
अब सदरमुकाम इनरुवामा जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय जिल्ला अदालत सरकारी वकिलको कार्यालय कोष तथा लेखा नियन्त्रणको कार्यालय र मालपोत कार्यालय आदि सरकारी कार्यालय मात्रमा सदरमुकाम इनरुवा सीमित बन्दा मानिस आवागमन ह्वात्तै घट्दा आर्थिक गतिविधिमा समेत प्रतिकूल असर परेको पाइएका छन् ।
कतिपय सरकारी निकाय वा कार्यालयका कर्मचारी कहाँ रहने र के हुने हो भन्ने अन्यौलमा परेकाले पनि सदरमुकाम इनरुवाको जनजीवनमा नकारात्मक प्रभाव पर्न थालेको देखिएको छ ।
स्थानीय तहमा गएको सरकारी कार्यालयमध्ये महिला तथा बालबालिका कार्यालय र तथ्यांक कार्यालय मात्र भाडा तिरेर बस्दै आएका थिए भने अन्य सबै कार्यालयको आफ्नै भवन रहेको थियो ।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...