ताजा समाचार

जोनसन मेरोे साथी हुनुहुन्छ: ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताएका छन् ।

उहाँले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताए ।

ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व लागि बोरिस जोनसन मेरा साथी हुनुहुन्छ । उहाँ मेरा लागि धेरै मनपर्ने नेता हो ।

जोनसोनको राजिनामा पछि आफूले बेलायती प्रधानमन्त्री टरिजा मेसँग नबोलेको बताउँदै सोमबार दुई मन्त्रीको राजिनामाले बेलायतको सरकारलाई खासै फरक नपर्ने तर जनताको निर्णय शक्तिशाली हुने बताए ।

दुई मन्त्रीको राजिनामापछि बेलायतमा नेतृत्वमा चुनौति आउनसक्ने विभिन्न क्षेत्रबाट अनुमानहरू भइरहेका समय ट्रम्पको यो भनाई आएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org