मोरङ साक्षर जिल्ला घोषणा तयारिमा
विराटनगर २८,असार ।नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ ।
यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख ९७ हजा ९४३ जना मात्र निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले जनाएको छ । त्यसताका नेपालमा साक्षरता ४३ प्रतिशत थियो भने अहिले करीब साक्षर देश घोषणा हुन सक्ने अवस्थामा पुगेको केन्द्रका उपसचिव बालकृष्ण गैरले जानकारी दिए ।
सरकारले निरक्षरलाई उन्मूलन गर्न र साक्षर देश बनाउन विगतदेखि नै राष्ट्रिय शिक्षा नारालाई परिवर्तन गर्दै यसवर्ष ‘सबैका लागि जीवन पर्यन्त शिक्षा’ कायम गरिएको सन्दर्भलाई यस वर्ष विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिएको पाइयो । ‘साक्षर बनौँ, साक्षर बनाऔँ’ साक्षर नेपाल अभियानमार्फत थालिएको विद्यार्थी भर्ना अभियानमा मोरङ जिल्लाले हासिल गरेको सफलताबाट नै आउँदो भदौ ३१ गते साक्षर जिल्ला घोषणा गर्ने अवस्थामा पुगेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजकुमार थापाले बताए ।
कूल नौ लाख ६४ हजार ४९४ जनसंख्या रहेको मोरङमा २० हजार ३७१ जना निरक्षर छन् । जिल्लाका आठ गाउँपालिका, आठ नगरपालिका तथा एक महानगरपालिकामा विभाजित यो जिल्ला राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोणबाट पनि महत्वपूण मानिएको छ ।
घोषणा हुने आधार ९६.५९ प्रतिशत साक्षरता प्रतिशत पूरा गरेकाले साक्षर जिल्ला घोषणा गर्न अहिलेदेखि नै तयार गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख थापाको भनाइ छ । गाउँपालिकामा केराबारी, ग्रामथान, मिक्लाथुङ र पथरीशनिश्चरे नगरपालिकामा शत्प्रतिशत साक्षर रहेको र केही गाउँपालिका एवं नगरपालिका साक्षर जिल्ला घोषणा हुने मापदण्डभित्र नपरे पनि ती गाउँपालिका र नगरपालिकामा साक्षर अभियान जारी नै रहने बताइएका छन।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...