ताजा समाचार

काभ्रेको रोशीखोला बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

काभ्रे २८, असार । बाढीका कारण काभ्रेको नमोबुद्व-६ स्थित खाक्सेको रोशीखोलामा भेल बढेपछि फसेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्वार गरेको छ ।

उनीहरु डोजर चालक र सहचालक रहेको  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जनाएका छन् । अप्रेटर नारायण श्रेष्ठ र उनका सहयोगीलाई उद्वार पश्चात हेलिकप्टरबाट काठमाडाैं पठाइएको छ ।

खोलाको बहाव धेरै भएका कारण जमिनबाट उद्वार असज भएपछि हेलिकप्टरको सहायता लिनु परेको प्रमुख जिल्ला अधिकारी राउतले जनाएका छन् ।

जिल्लामा हालसम्म कुनै माननवीय क्षती नभएको र जोखिमपूर्ण स्थानमा विशेष सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी राउतले बताएका छन् ।

बुधबार राति परेको अविरल वर्षापछि आएको बाढीले झन्डै ९ घण्टासम्म अरनीको राजमार्ग अवरुद्ध परेको छ ।

बनेपाको पुण्यमाता नदीमा बाढी आउँदा बनेपा पुलबजारदेखि धनेश्वरसम्म डुवानमा परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

वर्षका कारण आएको बाढीले बनेपा-८ स्थित जीवन नकर्मीको निमाणर्ाधीन घरमा बस्ने मजदुरहरु अलपत्र परेपछि सेनाले उद्धारसमेत गरेको थियो ।

अरनाीको राजमार्ग बनेपा पुलबजार खण्ड विहान २ बजेदेखि बाढीका कारण ९ घण्टासम्म अवरुद्ध भएको थियो । जसले गर्दा, राजमार्ग भएर आवत जावत गर्ने यात्रुहरु बनेपामा अलपत्र परेका थिए ।

बनेपा, धनेश्वर, लगायतका स्थानका घरहरुको पहिलो तल्लामा बाढी पस्दा राति भागाभाग भएको थियो ।

ग्रामीण सडकहरुमा पहिरोले यातायात अवरुद्ध भएको छ भने दर्जन बढी घर भत्किएका छन् । केही पशु चौपायको क्षती भएपनि मानवीय क्षति भने भएको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org