ताजा समाचार

स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयको आग्रह: विदामा नबस्नू, हड्ताल नगर्नू

काठमाडौं २८, असार । बाढी पहिरोको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई विदामा नबस्न आग्रह गरेको छ ।

बिहिबार मन्त्रालयले आफू मातहतका सवै स्वास्थ्य संस्थालाई परिपत्र गरेर अहिले बाढी, पहिरो, सरुवा तथा संक्रामक रोगको समय भएकाले देशभरीका सबै स्वास्थ्यकर्मीलाई विदामा नबसी काम गर्न आग्रह गरेको हो ।

‘यो मौसममा प्राकृतिक प्रकोप, बाढी पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने भएको हुँदा देशभरीको सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नियमित रुपमा कामकाज गर्न, विदामा नछोड्न, विना अनुमित स्वास्थ्य संस्थामा अनुपस्थित नहुन र कुनै पनि किसिमका बन्द हड्ताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न नगराउनसमेत अनुरोध छ’ सहसचिव मधुसुदन बुर्लाकोटीले पठाएको पत्रमा भनिएको छ ।

मन्त्रालयले यस्ता काम गरेमा कारबाही गर्ने पनि परिपत्रमा उल्लेख गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org