ताजा समाचार

सिन्धुपाल्चोकमा जिप दुर्घटना पाँच जनाको मृत्यु

काठमाडाैं २९, असार । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित सल्लेमा आज राति भएको जिप दुर्घटना भएको छ।

मेलम्चीबाट भोताङ जादै गरेको लु १ च ९९९ नम्बरको जिप थाङपालकोट र थाङपालधापको सिमाना फ्याफुला डाँडामा स्टार्ट बन्द भएपछि जिप करिब ४०० मिटर तल खस्दा पाँच जनाको मृत्यु भएको छ ।

अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

पानी परेको कारणले बाटो बिग्रिएको र बेलुकाको समय भएकोले उद्धार कार्यमा समस्या भएको स्थानीयले बताएका छन्।

केही वर्ष पहिले यही ठाउँमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org