ताजा समाचार

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा, आजदेखि आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौं २९, असार । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् ।

जुम्लामा १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् ।

डा. केसीको स्वास्थ्य स्थिति थप जटिल बन्दै गएको भन्दै आन्दोलनमा उत्रनु परेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले जनाएको छ ।

एनअारडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठाेर बाटाे राेजेकाे जनाएको छ ।

डा. केसीलाई काठमाडाैं ल्याउन भन्दै सरकारले नेपाली सेनाको हेलिकप्टर जुम्ला पठाउने तयारी गरेको थियो तर, केसीले काठमाडाैं आउन नमाने पछि हेलिकप्टर काठमाडाैंबाट नै उडेको थिएन ।

‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

एनआरडीएले यसबाट हुने क्षति र असुविधाप्रति संगठन नभएर सरकार जिम्मेबार हुने समेत विज्ञप्तिद्वारा स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार:

स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयको आग्रह: विदामा नबस्नू, हड्ताल नगर्नू

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org