ताजा समाचार

त्रिवि शिक्षण अस्पतालमा कुनै हड्तालको कार्यक्रम गरिएको छैन्: नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन सभापति सुमित पाण्डे

काठमडाैं २९, असार । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले आफूहरूले कुनै पनि प्रकारको हड्ताल नगरेको बताएका छन्।

न्युज-नेपालसंग कुरा गर्दै टिचिङका आवासीय डाक्टरको नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका सभापति सुमित पाण्डे अस्पतालका सबै सेवा सामान्य अवस्थामा चलिरहेको बताए।

‘सबै जना काममा हुनुहुन्छ, कहीँ अवरोध गरेका छैनौं,’ पाण्डेले भने, ‘बरू आवासीय विद्यार्थीले केहीबेरमा माइतीघर मण्डलामा बिरामी जाँच्ने कार्यक्रम छ।’

चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर गोविन्द केसी जुम्लामा अनसन बसेको आज १४ औं दिन हो। डाक्टर केसीका मागप्रति गम्भीर बन्न सरकारलाई दबाब दिन माइतीघरमा ओपिडी सञ्चालन गर्न लागिएको पाण्डेले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org