ताजा समाचार

प्रधानमन्त्रीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौँ २९,असार।प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन।

बासवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा आज पुगेर प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहेका आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

रौतहटका आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । उनले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका  छन ।

प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना गदै परिवारका सदस्यलाई पनि आश्वस्त रहन आग्रह गरे।

आलम गत मंसिरमा भएको संघीय संसद्को निर्वाचनमा रौतहट– २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org