शहरी क्षेत्रमा नै शौचालय बनाउन चुनौती
बनियानी, झापा, ३० असार । झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना धकेलिँदै गएको छ ।
सन् २०१७ भित्रै झापालाई नै खुला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिए पनि त्यो सफल हुन सकेन । निर्धारित समयभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएपछि २०७५ को जेठ मसान्तसम्ममा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर, एक महिना बित्न लाग्दा पनि लक्ष्य हासिल हुन सकेको छैन ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले अभियान सम्पन्न गर्न केही जटिलता थपिएकाले तोकिएको समयमा खुला दिसामुक्त जिल्ला घोषणा गर्न नसकिएको बताए ।
झापामा अहिले पनि एक हजार ८०० घरधुरीमा शौचालय बनाउन बाँकी रहेको छ । करीब एक हजार ३०० घरधुरीमा शौचालय निर्माण भइरहेको छ भने ५०० घरधुरीमा शौचालय निर्माणको काम शुरु हुन नसकेको प्रमुख पोर्तेलले बताए ।
झापाका १५ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तह कनकाई, शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा, बाह्रदशी, बुद्धशान्ति, कमल खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने कचनकवल, गौरादह, बिर्तामोड, हल्दिबारी खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेका छन् । दमक, मेचीनगर, भद्रपुर, झापा, कचनकवलमा ठूलो चुनौती रहेको प्रमुख पोर्तेलको भनाइ छ ।
खुला दिसामुक्त घोषणाको अभियानमा झापामा शहरी तथा सुगम क्षेत्रमा नै चुनौती देखिँदै छ । विकट, विपन्न र पछाडि पारिएको समुदायको बढी बसोबास रहेका क्षेत्रभन्दा विकसित नगर र बजारमा शौचालय बनाउन अटेर गर्ने बढी रहेका छन् । “जान्ने र हुनेहरुले शौचालय बनाउन मान्दैनन्”, प्रमुख पोर्तेलले भने, “भौतिक विकासलाई मात्र विकास भएको ठान्ने प्रवृत्तिका कारण मानवीय र सामाजिक विकास कमजोर देखिएको होे ।”
नेपालकै होचो भूभाग बन्यो खुला दिसामुक्त
नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको बालुबाडी खुला दिसामुक्त बनेको छ ।
एक हजार २७२ घरधुरी रहेको बालुवाडीको सबै घरमा चर्पी निर्माण गरी खुला दिसामुक्त घोषणा गरिएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले जनाएको छ ।
चार सय ६४ घरधुरीमा मात्र सुरक्षित शौचालय रहेको बालुबाडीमा ग्लोबल स्यानिटेसन फण्ड र विराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा बाँकी ८०८ घरधुरीमा नयाँ शौचालय निर्माण गरेर खुला दिसामुक्त घोषणा गरिएको स्वच्छता समन्वय समितिकी उपाध्यक्ष मीना पराजुलीले जानकारी दिए ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...
-
झापामा डेङ्गीको सङ्क्रमणबाट दुईजनाको मृत्यु
काठमाडौं । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको तेस्रो पूर्ण बैठक आइतबार सम्पन्न
काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमीटि अध्यक्ष खड्ग बहादुर...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...