बन्दीपुरमा केबुलकार निर्माण गरिने
दमौली, तनहुँ, ३१ असार । तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो ।
ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहेका उपाध्यायले जानकारी दिए । केबुलकारका लागि आर के वी रियल स्टेट एण्ड कन्सट्रक्सनले ७० प्रतिशत र आफूले ३० प्रतिशत लगानी व्यहोर्ने उनले बताए । एक किमी ६०० मिटर लामो उक्त केबुलकारमा सात वटा टावर रहनेछन् । केबुल कार निर्माणका लागि जग्गाजमीन खरीदका साथै सबै क्षेत्रबाट स्वीकृति लिई अन्तिम डिपीआरसमेत तयार भइरहेको अध्यक्ष उपाध्यायले बताए ।
यसैगरी तनहुँको ऐतिहासिक नगरी एवं पुरानो सदरमुकाम बन्दीपुरमा करिव रू ६० करोडको लगानीमा आधा दर्जन होटल बन्न थालेका छन् । बढ्दो पर्यटकलाई ध्यानमा राखी यहाँ सुविधा सम्पन्न होटलहरु थपिने क्रम बढेको हो ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले होटलहरु थपिने क्रम तीव्र भइरहेको र आफैँले पनि रू सात करोड ५० लाखको लागतमा होटल बनाइरहेको जानकारी दिए । यहाँ होटल खोल्न काठमाडौँबाट समेत व्यवसायीहरु आइरहेको बताइएको छ ।
पहाडकी रानी उपनामबाट समेत परिचित बन्दीपुरमा यतिबेला चिनियाँ र स्पेनिस पर्यटकको संख्या बढेको छ । दैनिक करिव १०० विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । आन्तरिक पर्यटकको समेत बन्दीपुर रोजाइ बन्दै गएको छ । गर्मी समयमा चिसो हावा, स्वच्छ हराभरा र त्यहाँबाट देखिने दृश्वालोकनका साथै भक्तपुरे शैलीका ऐतिहासिक घरहरुले बन्दीपुरमा पर्यटकको आकर्षण बढ्दै गएको हो । पर्यटकलाई ध्यानमा राखी सूचना केन्द्र स्थापना गरी पथ प्रदर्शकहरु परिचालन र प्याकेज कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
Comments
अरु समाचार
-
संघीय संसदको बजेट अधिवेशन आजदेखि, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडाैँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...