ताजा समाचार

विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु

झापा ३१,असार । विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ ।

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org