भरियो सिसडोल, कामपालाई फोहर ब्यबस्थापनमा हम्यहम्य
काठमाडौँ ३१,असार । करीब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ ।
नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हुँदा नियमित फोहर उठ्न नसकेको हो ।
व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेको छ । त्यसका लागि अझै करीब एक हप्ता लाग्ने कामपाले जानकारी दिएको छ ।
कामपाका सहप्रवक्ता नवराज ढकाल यसपटक अन्य समयमा भन्दा छिटो पानी परेकाले, बाटो खाल्टाखुल्टीसँगै केही स्थानमा पहिरो सडकमा आएर बसेकाले नियमित फोहर व्यवस्थापन हुन नसकेको बताए ।
व्यवस्थापनका सबै काम सकी बढीमा आगामी हप्ताबाट नियमित रुपमा फोहर संकलन हुने हुँदा आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गरी सहयोग गरिदिन पनि निर्देशक ढकालले नागरिकलाई अनुरोध गरेका छन ।
असार साउनको समयमा अन्य समयमा भन्दा बढी फोहर निस्कने गर्छ, अन्य समयको भन्दा छिटोछिटो फोहर लिन आउनु पर्ने भए पनि एक महिनादेखि फोहर लिनका लागि कामपाको कुनै पनि गाडी नआएको कलंकी बस्दै आएकी सीता शर्माको भनाइ छ ।
शर्मा भन्छिन, “घरमा फोहरको डङ्गुर भइसक्यो कहिले आउने हो महानगर थाहा छैन, अझै लामो समयसम्म नआउने हो भने यही फोहरबाट रोगको शिकार बन्नुपर्छ ।”
कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न उक्त स्थान लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरुको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका छन् ।
आज १२ वर्ष बितिसक्दा पनि अन्य समयमा नै विकल्प नखोज्दा अहिले कामपालाई व्यवस्थापन गर्न समस्या भएको छ ।
केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गर्दै आएको स्थानभन्दा केही पर बन्चरेडाँडामा दीर्घकालीन रुपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्ने केन्द्र निर्माण गर्ने भनिएको थियो ।
बच्चरेडाँडामा व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि प्रयासरत मात्र रहेको र हालसम्म काम शुरु हुन नसकेको कामपा वातावरण विभागका कर्मचारी युवराज खनाल बताउछन ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...