ताजा समाचार

निलकण्ठ उप्रेति भारतका लागि राजदुतमा सिफारिस

काठमाडौं ३२, असार । नेपाल सरकारले निलकण्ठ उप्रेतीलाई भारतका लागि नेपालको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उप्रेती निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त हुन् । यसैगरी बैठकले उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सिफारिस गरिएका राजदूतको संसदीय सुनुवाइ भएपछि सम्बन्धित देशमा एग्रिमोका लागि पठाइन्छ । एग्रिमो आएपछि राजदूत
नियुक्त हुने व्यवस्था छ ।

भारतमा कांग्रेस नेता दीपकुमार उपाध्याय चुनावका लागि फर्केदेखि खाली छ भने मलेसियामा निरञ्जनमानसिंह बस्न्यात फर्केपछि खाली रहेको छ ।

सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई  भारतका लागि राजदूत सिफारिश गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई राजदूतमा सिफारिश गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उप्रेती दोस्रो संविधानसभा चुनाव हुँदा प्रमुख निर्वाचन आयुक्त थिए ।

यसअघि भारतका राजदूत रहेका दीपकुमार उपाध्याय गत चुनावमा राजीनामा दिएर नेपाल फर्किएका थिए ।

भारतका लागि राजदूत रहेका दीपकुमार उपाध्यायले नेपाली कांग्रेसबाट चुनाव लड्नका लागि राजीनामा दिएपछि राजदूत पद खाली थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org